अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प।
काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई दिनभित्रै इरानसँग वार्ता हुनसक्ने बताएका छन्। वार्ता फेरि इस्लामाबादमै अघि बढ्ने उनले बताएका छन् । ‘दुई दिनभित्रै इस्लामाबादमा वार्ता अघि बढ्नसक्छ। हामी वार्तातर्फ उन्मुख भइरहेका छौँ,’ उनले भनेका छन् ।
गत शुक्रबार इरान र अमेरिकाबीच इस्लामाबादमा २१ घण्टा वार्ता चलेको थियो । उक्त वार्ताले कुनै परिणाम दिन सके। अमेरिकाले अत्यधिक सर्त राखेका कारण वार्ता परिणाममुखी नभएको आरोप इरानको छ। यता परमाणु कार्यक्रम अघि नबढाउने आफ्नो सर्त मान्न इरान तयार नहुँदा वार्ता सफल नभएको दाबी अमेरिकाले गरेको छ।
वार्ता असफल भएसँगै अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गरेका उपराष्ट्रपति जेडी भान्स स्वदेश फर्किएका थिए। वार्ताको असफलता पछि होर्मुजमा अमेरिकाले नाकाबन्दी लगायो। नाकाबन्दीका बीच त्यहाँबाट चार जहाज पार भएको विवरण बीबीसीले प्रकाशित गरेको छ ।




