नयाँ वर्षमा रविको चेतावनी : खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ

हिमाल प्रेस १ वैशाख २०८३ ८:४५ | Tuesday, April 14, 2026
18
SHARES
नयाँ वर्षमा रविको चेतावनी : खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ लाई ‘खील निकाल्ने वर्ष’को रूपमा चित्रण गरेका छन्। नयाँ वर्षको उपलक्ष्यमा मंगलबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै लामिछानेले आगामी वर्षलाई ‘खील निकाल्ने वर्ष’को रूपमा चित्रण गरेका हुन् ।
लामिछानेले लेखेका छन्, ‘खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्। हाम्रो तर्फबाट धेरै शुभकामना।’

सभापति लामिछानेले मुलुकको बेथिति र पुराना राजनीतिक विकृतिहरूलाई उखेल्ने प्रयास गर्दा केही अप्ठ्यारो र पीडा हुनसक्ने संकेतसहित यस्तो बताएका हुन् । उनको पार्टी नेतृत्वको सरकारले भ्रस्टाचार र बेथितिविरुद्ध निर्मम रुपमा प्रस्तुत हुने बताउँदै आएको छ ।

उनले आफ्नो र पार्टीको तर्फबाट स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई नयाँ वर्षको सुखद कामना समेत व्यक्त गरेका छन् ।

 

प्रकाशित: १ वैशाख २०८३ ८:४५ | Tuesday, April 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast