नयाँ वर्षको दिन, कस्तो रहला मौसम?

हिमाल प्रेस १ वैशाख २०८३ ६:२९ | Tuesday, April 14, 2026
2
SHARE
नयाँ वर्षको दिन, कस्तो रहला मौसम?

काठमाडौँ- नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले मौसममा बदली देखिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रसहित देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ। अन्य पहाडी इलाकामा आंशिक बदली रहे पनि तराईका जिल्लाहरूमा भने मौसम सामान्यतया सफा रहेको देखिन्छ।

मंगलबारको मौसममा पहाडी र हिमाली क्षेत्रमा केही फेरबदल आउने सम्भावना छ। कोशी प्रदेशका पहाडी भूभाग र देशका हिमाली भेगमा दिउँसोतिर बादल लाग्ने र केही स्थानमा मौसम बिग्रने सङ्केत देखिएको छ। अन्य पहाडी भूभागमा पनि आंशिक बादल लाग्ने भए पनि तराईमा भने घाम लाग्ने र मौसम खुला रहने अनुमान महाशाखाले गरेको छ।

महाशाखाका अनुसार देशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। यसैगरी कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने देखिएको छ। पहाडी र हिमाली क्षेत्रमा हुने यो मौसमी फेरबदलले तापक्रम र जनजीवनमा सामान्य प्रभाव पार्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

तराई क्षेत्रमा भने तत्काल वर्षाको सम्भावना नरहेकाले गर्मी बढ्न सक्ने देखिएको छ।

प्रकाशित: १ वैशाख २०८३ ६:२९ | Tuesday, April 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast