कांग्रेस महामन्त्री पौडेल भन्छन्- अदालत होइन अधिवेशनमा लागौं

हिमाल प्रेस ३० चैत २०८२ १३:१० | Monday, April 13, 2026
12
SHARES
कांग्रेस महामन्त्री पौडेल भन्छन्- अदालत होइन अधिवेशनमा लागौं नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल। फाइल तस्बिर

चितवन- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारका कामका आधारमा कांग्रेसले सदनमा आफ्नो भूमिका निर्वाह गर्ने बताएका छन्। पार्टीको आन्तरिक कलहबारे बोल्दै उनले अब अदालत नभइ अधिवेशनमा लाग्नुपर्ने बताए।

आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले कांग्रेस प्रमुख प्रतिपक्षी दलका हिसाबले उपस्थित भएकाले सरकारले गर्न लागेका राम्रा कामप्रति समर्थन र सहयोग रहने बताएका हुन्।

‘जनता, लोकतन्त्र, जनजीविका, सुशासनको पक्षमा सरकारले गरेका कामहरूप्रति कांग्रेसको कुनै पनि असहयोग रहँदैन,’ उनले भने।

फरक प्रसंगमा बोल्दै उनले कांग्रेसले संसदीय दलको नेता आन्तरिक रूपमा सर्वसम्मत गर्न खोजिएको भए पनि यो प्रयास असफल भएको बताए।

सर्वसम्मत या निर्वाचन प्रक्रियाबाट टुङ्याउने गरी वैशाख ४ गते संसदीय दलको नेता चयन हुने उनको भनाइ छ।

पार्टीभित्र एकता कायम गर्दै अघि बढ्न अहिलेको नेतृत्वको चाहना रहेको उनले बताए। अहिलेको समस्याको समाधान १५औँ महाधिवेशन भएको भन्दै उनले अदालत नभइ अब अधिवेशनतिर लाग्नुपर्ने बताए।

प्रकाशित: ३० चैत २०८२ १३:१० | Monday, April 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast