निजी विद्यालयले मनलाग्दी शुल्क लिए शिक्षा मन्त्रालयलाई फोन गर्न सकिने

हिमाल प्रेस २९ चैत २०८२ १५:०१ | Sunday, April 12, 2026
36
SHARES
निजी विद्यालयले मनलाग्दी शुल्क लिए शिक्षा मन्त्रालयलाई फोन गर्न सकिने

काठमाडौँ-  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयले लिने मनलाग्दी शुल्क नियन्त्रण तथा गुनासो सुन्न सहायता कक्ष (हेल्प डेक्स) स्थापना गरेको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक निमप्रकाश सिंह राठौरलाई सम्पर्क व्यक्ति तोकि उक्त डेक्स स्थापना गरिएको मन्त्रालयले जनाएको छ।

राठौरको फोन नम्बर ९८५१२१४६३८ मा सम्पर्क गरेर कसैको सिकायत वा गुनासो भएमा सहायता प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ।

शुल्क सम्बन्धि सिकायत एवं गुनासोको रिपोर्टिङ तथा सहजीकरण प्रयोजनका लागि उक्त डेक्स स्थापना गरिएको शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए।

शैक्षिक सत्र प्रारम्भ हुनु अघि विद्यार्थी भर्ना नगर्न सर्वोच्च अदालतको आदेश पछि स्वीकृत मापदण्ड विपरित हुने गरी बढी शुल्क असुली नगर्न शिक्षा मन्त्रालयले निर्देशन दिएको थियो।

तर केही निजी विद्यालयले अटेरी गरेपछि उक्त डेक्स स्थापना गर्नु परेको मन्त्रालयको भनाइ छ।

‘कानुन मान्दैनन् निजी विद्यालय’, विद्यार्थी भर्ना शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

प्रकाशित: २९ चैत २०८२ १५:०१ | Sunday, April 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast