उपसभामुखमा उम्मेदवारी दिएपछि राप्रपामा विवाद, धवलको आपत्ति

हिमाल प्रेस २९ चैत २०८२ ७:१७ | Sunday, April 12, 2026
18
SHARES
उपसभामुखमा उम्मेदवारी दिएपछि राप्रपामा विवाद, धवलको आपत्ति राप्रपा महामन्त्री धवल शमशेर। तस्बिर : शमशेर सचिवालय

काठमाडौँ- राष्ट्रिय प्रजतन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमसेर राणाले पार्टीको संस्थागत निर्णय बिना नै उपसभामुखमा उम्मेदवारी दिएको भन्दै आपत्ति जनाएका छन्। शुक्रबार भएको प्रतिनिधि सभाको उपसभामुख निर्वाचनमा राप्रपाले सरस्वती लामालाई उम्मेदवार बनाएको थियो।

यसबारे आपत्ति जनाउँदै महामन्त्री राणाले सामाजिक संजालमा भनेका छन्, ‘पार्टीको संस्थागत निर्णय बिना नै उपसभामुख पदको उम्मेदवारीको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। पार्टीका नेता तथा कार्यकर्ताहरू र राष्ट्रवादी साथीहरूले मलाई फोन सम्पर्क गरिरहनुभएको छ। म प्रस्ट पार्न चाहन्छु– हामी गणतन्त्र विरोधी आन्दोलनमा छौं।’

गणतन्त्रमा संविधानको निःशर्त पालना, संरक्षण र कार्यान्वयनको प्रधान दायित्व भएका कुनै पनि जिम्मेवारीमा सहभागी हुन नहुने महामन्त्री राणाको मत छ। उनी थप्छन्, ‘पार्टीको प्रजातान्त्रिक पद्धतिलाई चुनौती दिँदै गरिएका कुनै पनि निर्णयमा मेरो हिजो पनि सहमति थिएन, आज पनि छैन र भोलिका दिनमा पनि हुनेछैन।’

प्रकाशित: २९ चैत २०८२ ७:१७ | Sunday, April 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast