मौसम विभाग भन्छ : केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ

हिमाल प्रेस २९ चैत २०८२ ६:११ | Sunday, April 12, 2026
6
SHARES
मौसम विभाग भन्छ : केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ

काठमाडौँ- हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले गर्दा मौसममा फेरबदल भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रको मौसम सामान्यतया सफा देखिएको छ।

आज आइतबार कोशी प्रदेशका पहाडी र हिमाली भेगसहित अन्य हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने देखिन्छ। कोशीको तराई र अन्य पहाडी भूभागमा आंशिक बदली हुने भए पनि बाँकी तराईका क्षेत्रमा भने मौसम सफा रहने अनुमान छ।

तर, कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भेगका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ। यस्तै गण्डकीका पहाडी भूभाग र अन्य केही हिमाली क्षेत्रका एक(दुई स्थानमा पनि वर्षाको सङ्केत देखिएको छ।

विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आज हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

 

प्रकाशित: २९ चैत २०८२ ६:११ | Sunday, April 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast