विद्यार्थी संगठन र ट्रेड युनियन खारेजीको विपक्षमा उभिने नेकपाको निर्णय

हिमाल प्रेस २८ चैत २०८२ १६:४६ | Saturday, April 11, 2026
16
SHARES
विद्यार्थी संगठन र ट्रेड युनियन खारेजीको विपक्षमा उभिने नेकपाको निर्णय

काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति आपत्ति जनाएको छ।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको नेकपा केन्द्रीय कार्यसंयोजक समितिको बैठकले ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने विषय गलत भएकाले यसको विपक्षमा उभिने निर्णय गरेको नेकपा नेता जगन्नाथ खतिवडाले जानकारी दिए।

विद्यार्थी संगठनहरुलाई क्याम्पसमा प्रतिवन्ध गर्ने र ट्रेड युनियनलाई प्रतिबन्ध कुराले विद्यार्थी र श्रमिकहरुको अधिकार कुण्ठित गरेको बैठकको निष्कर्ष रहेको उनले बताए।

नेता खतिवडाले केन्द्रीय कार्यसंयोजक समितिको बैठकमा देशको समसामयीक परिस्थिति, सरकारको क्रियाकलाप, पार्टीको आगामी कार्ययोजना तथा सम्पूर्ण कमिटीहरूको समायोजनको विषयमा निरन्तर छलफल भएको जानकारी दिए। केन्द्रीय कार्यसंयोजक समितिमा हालसम्म ४५ जना सदस्यहरुले धारणा राखेको र वैशाख तीन गते बस्नेगरी बैठक स्थगित गरिएको उनले बताए।

मुलुकको वर्तमान परिस्थितिका साथै पार्टीको आन्तरिक विषयमा निर्णय गर्दै केन्द्रीय कार्यसंयोजक समितिको बैठक वैशाख ४ गतेभित्र सम्पन्न गरिने खतिवडाले उल्लेख गरे।

प्रकाशित: २८ चैत २०८२ १६:४६ | Saturday, April 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast