पूर्वी युक्रेनमा रुसी आक्रमण : तीन जनाको मृत्यु

हिमाल प्रेस १५ माघ २०७९ ६:४४ | Sunday, January 29, 2023
पूर्वी युक्रेनमा रुसी आक्रमण : तीन जनाको मृत्यु रूस-युक्रेन युद्धका कारण क्षतिग्रस्त संरचना। फाइल तस्बिर।

किभ- पूर्वी युक्रेनको कोन्स्टान्टिनिभका सहरमा रुसी आक्रमणमा परी तीन जनाको मृत्यु भएको छ, दुई जना घाइते भएका छन्।

डोनेट्स्क क्षेत्रीय गभर्नर पाभ्लो किरिलेन्कोले शनिबार जानकारी दिएअनुसार रूसीहरूले नजिकैका आवासमा गोली हानेका थिए, जसमा चारवटा ठूला भवन, एउटा होटल, ग्यारेज र नागरिक कारहरूमा क्षति पुगेको छ।

किरिलेन्कोको टेलिग्राममा पोष्ट गरिएका तस्बिरहरूले कारको जलेको अवशेषको वरिपरि छरिएका झ्यालहरू र भग्नावशेषहरू भएका अपार्टमेन्ट भवनहरू देखाउँछन्।

युक्रेनमाथि आक्रमण गरेको झण्डै एक वर्षपछि रुसले सम्पूर्ण डोनेट्स्क क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिन खोजिरहेको छ। त्यस क्षेत्रलाई रुसले आफ्नो हिस्सा घोषणा गरिसकेको छ।

युक्रेनका अनुसार यस हप्ता रुसी सेनाले पूर्वमा विशेष गरी वुग्लेदार र बाख्मुत सहरहरूमा आक्रमण बढाएको छ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शुक्रबार डोनेट्स्क क्षेत्रमा मोर्चाको अवस्था ‘अत्यन्तै गम्भीर’ रहेको टिप्पणी गरेका छन् । -रासस–एएफपी

प्रकाशित: १५ माघ २०७९ ६:४४ | Sunday, January 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast