काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शनिबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर बढेको छ।
आज अमेरिकी डलर १ को खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५६ पैसा
थियो।
आज युरो १ को खरिददर १७३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७४ रुपैयाँ १४ पैसा छ। हिजो युरो १ को खरिददर १७२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५३ पैसा थियो। आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १९९ रुपैयाँ ८२ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९९ रुपैयाँ २६पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १०५ रुपैयाँ ११ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ १३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५५ पैसा थियो। आज कुबेती दिनार १ को खरिदर ४८३ रुपैयाँ १० पैसा र बिक्रीदर ४८५ रुपैयाँ ०६ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४८२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४८४ रुपैयाँ ७० पैसा
थियो।
आज बहराइन दिनार १ को खरिदर ३९२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३९४ रुपैयाँ २५ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३९२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ८० पैसा थियो।




