ज्ञानेन्द्र शाहीले रविलाई भने- बोलीको भर नभएको नेता

हिमाल प्रेस २७ चैत २०८२ १६:३४ | Friday, April 10, 2026
26
SHARES
ज्ञानेन्द्र शाहीले रविलाई भने- बोलीको भर नभएको नेता

काठमाडौँ-राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले रास्वपा सभापति रवि लामिछानेलाई बोलीको भर नभएको बताएका छन्। आज (शुक्रबार) सदनमा सांसद सरस्वती लामालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्।

‘बोलीभन्दा बढी संकेत बुझ्नुपर्ने रहेछ। किन भने बोलीको कुनै भर हुने रहेनछ,’ उनले लामिछानेप्रति इंगित गर्दै भने, ‘पार्टी र विचार फरक भए पनि आदर्शका मानेका व्यक्तिबाट पाएको यो राजनीति संस्कारका लागि धन्यवाद व्यक्त गर्दछु।’

उनले रास्वपाबाट प्रस्ताव आएपछि आफूहरूले उपसभामुखमा उम्मेदवारी दिएको बताए। पछि एकाएक बोली परिवर्तन भएको बताए। साथै उनले पुराना र नयाँ भनिएका दलहरूको नाभी एउटै ठाउँमा जोडिएको प्रस्ट भएको पनि बताएका छन्।

प्रकाशित: २७ चैत २०८२ १६:३४ | Friday, April 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast