मतदाता नामावली संकलन : करिब ९० प्रतिशत अनलाइनबाट नाम दर्ता

हिमाल प्रेस २६ चैत २०८२ ९:४८ | Thursday, April 9, 2026
6
SHARES
मतदाता नामावली संकलन : करिब ९० प्रतिशत अनलाइनबाट नाम दर्ता

तनहुँ- निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरिसकेको छ । राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गरी अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरिइएको छ। जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले भने, ‘आवेदन दिनेमध्ये करिब ९० प्रतिशतले राष्ट्रिय परिचयपत्रमार्फत अनलाइनबाटै नाम दर्ता गराएका छन्।’

हालसम्म राष्ट्रिय परिचयपत्रबाट ४१९ जना र कार्यालयमा आई ५५ जना गरी ४६४ जनाले मतदाता नामावलीमा दर्ता गरेका छन्। दुवै निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका सबै उम्मेदवारहरूले आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन्।

तनहुँ क्षेत्र नम्बर १ का १६ र २ का ११ गरी कूल २७ जना उम्मेदवारले खर्च विवरण बुझाएको हुन्।

 

प्रकाशित: २६ चैत २०८२ ९:४८ | Thursday, April 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast