ह्वात्तै बढ्यो सुनको भाउ

हिमाल प्रेस २५ चैत २०८२ ११:२६ | Wednesday, April 8, 2026
12
SHARES
ह्वात्तै बढ्यो सुनको भाउ

काठमाडौँ- नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ बढेको छ। मंगलबार तोलामा चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने प्रतितोला सात हजार दुई सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार रूपैयाँमा किनबेच भइरहेको छ।

मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला चार हजार आठ सय २० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार २५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय पाँच रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार आठ सय तीन अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

प्रकाशित: २५ चैत २०८२ ११:२६ | Wednesday, April 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast