प्रतिनिधिमूलक तस्बिर
दाङ- दाङको राप्ती गाउँपालिका-१, भालुवाङको भालुवाङ अस्पताल नजिकै कुलोमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन्। आक्रमणबाट सोही ठाउँका ५९ वर्षीय तिलकराम खड्का र ३० वर्षीय सुशील खड्का घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए।
आज (मंगलबार) बिहान ११ बजेतिर आक्रमण गर्दा खड्काको ओठ र दाहिने हातमा चोट लागेको छ भने बिष्टको दाहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ। दुवै जनाको भालुवाङ अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरी र स्थानीयको सहयोगमा चितुवालाई नियन्त्रणमा लिई वन डिभिजन कार्यालय लमहीमा बुझाइएको प्रहरी निरीक्षक बस्नेतले बताए।
प्रकाशित: २४ चैत २०८२ १७:१३ | Tuesday, April 7, 2026
प्रतिक्रिया




