रोशी क्षेत्रको स्थलगत निरीक्षणमा जाँदै गृहमन्त्री

हिमाल प्रेस २४ चैत २०८२ ९:४५ | Tuesday, April 7, 2026
10
SHARES
रोशी क्षेत्रको स्थलगत निरीक्षणमा जाँदै गृहमन्त्री

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ आज काभ्रेको रोशी खोला क्षेत्रको स्थलगत निरीक्षणमा जाने भएका छन् । वर्षायाममा हरेक वर्ष आउने बाढीका कारण स्थानीयवासीले समस्या भोग्दै आएको गुनासो बढेपछि उनी वस्तुस्थिति बुझ्न त्यसतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ।

रोशी खोलामा आउने बाढीले बस्ती र खेतीयोग्य जमिनमा क्षति पुर्‍याउँदै आएको छ। वर्षातको समयमा हुने जनधनको क्षति र स्थानीयको सास्तीबारे निरन्तर गुनासो आएपछि गृहमन्त्री गुरुङले टोलीसहित प्रत्यक्ष अवलोकन गर्ने कार्यक्रम तय भएको हो। निरीक्षणका क्रममा उनले बाढी प्रभावित क्षेत्रको वर्तमान अवस्था र उच्च जोखिममा रहेका बस्तीको वस्तुस्थितिबारे जानकारी लिनेछन्।

बर्खा सुरु हुनुअघि नै सम्भावित विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि यो भ्रमणलाई महत्त्वपूर्ण मानिएको छ। निरीक्षणपछि गृहमन्त्रीले त्यहाँको पूर्वाधार संरक्षण र दीर्घकालीन सुरक्षाका लागि सम्बन्धित निकायलाई आवश्यक तयारी तथा समन्वयका लागि निर्देशन दिने छन्।

प्रकाशित: २४ चैत २०८२ ९:४५ | Tuesday, April 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast