युद्धकै कारण नेपालीहरू स्वदेश फर्कनुपर्ने दबाब छैन : परराष्ट्रमन्त्री खनाल

हिमाल प्रेस २३ चैत २०८२ १७:३३ | Monday, April 6, 2026
8
SHARES
युद्धकै कारण नेपालीहरू स्वदेश फर्कनुपर्ने दबाब छैन : परराष्ट्रमन्त्री खनाल परराष्ट्रमन्त्री शिशिर खनाल

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले पश्चिम एसियाको युद्धका कारण समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर रहेको बताएका छन्।

सोमबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दैै मन्त्री खनालले पश्चिम एसियाको युद्धका कारण कुनै नेपालीलाई समस्या परे स्वदेश फर्काउन सरकारले सहजीकरण लगायतका कामहरु गम्भीरतापूर्वक गरिरहेको बताए।

उनले सहजीकरणका लागि ८८ हजार भन्दा बढीको नाम संकलन भएको जानकारी दिँदै तुरुन्त नेपाल आउनुपर्ने परिस्थितिलाई हेरेर आवश्यक काम गरिरहेको बताए।

अहिले युद्धका कारण नभइ नेपालीहरुको भिसा, कामको छुट्टी लगायतका नियमित किसिमका समस्याका कारणहरु देखिएको उनको भनाइ छ। परराष्ट्रमन्त्री खनालले युद्धकै कारणले अथवा असुरक्षाको कारणले स्वदेश फर्कनुपर्ने दबाब नदेखिएको उल्लेख गरे।

पश्चिम एसियाको युद्धका कारण हाल पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिकै कारण सार्वजनिक निकायमा छुट्टी दिने निर्णय भएको जानकारी दिदै मन्त्री खनालले आगामी दिनमा देखिन सक्ने अन्य समस्याका बारेमा अध्ययन भइरहेको बताए।

साथै उनले यस वर्ष मलखादको समस्या पनि देखिन सक्ने भएकाले पूर्वतयारीका लागि समेत सुझावका साथ प्रतिवेदन तयार पारेर मंगलबारसम्म मन्त्रिपरिषद्मा बुझाइने जानकारी दिए।

प्रकाशित: २३ चैत २०८२ १७:३३ | Monday, April 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast