गृहमन्त्री गुरुङले प्रस्ताव गरेका तीन अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत

हिमाल प्रेस २३ चैत २०८२ १५:२२ | Monday, April 6, 2026
80
SHARES
गृहमन्त्री गुरुङले प्रस्ताव गरेका तीन अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत गृहमन्त्री सुधन गुरुङ। फाइल तस्बिर।

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले प्रस्ताव गरेका तीन वटा अध्यादेश प्रतिनिधिसभाबाट सर्वसम्मत रूपमा स्वीकृत भएका छन्।

आज बसेको प्रतिनिधिसभा बैठकले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ लाई अनुमोदन गरेको हो।

अध्यादेशहरू स्वीकृतिका लागि गृहमन्त्री गुरुङले प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्ताव अघि सभामुख डोलप्रसाद अर्यालले ती अध्यादेश अस्वीकार गर्ने कुनै सूचना प्राप्त नभएको जानकारी दिएका थिए।

त्यसैगरी, बैठकले नेकपाका सांसद रामचन्द्र भट्टराईको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव सर्वसम्मत पारित गरेको छ।

प्रतिनिधिसभाको अर्को बैठक चैत २४ गते मंगलबार अपराह्न १ बजे बस्नेछ।

प्रकाशित: २३ चैत २०८२ १५:२२ | Monday, April 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast