काठमाडौँ- नेकपा एमालेकी नेतृ एवं लुम्बिनी प्रदेशसभाकी सांसद रेखाकुमारी शर्मा रिहा भएकी छन्।
आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगत पौडेलको इजलासले सांसद शर्मालाई रिहा गर्न आदेश दिएको हो। अदालतले सांसद शर्मालाई हिरासतमा राखिरहन नपर्ने भनेको छ।
‘…माननीय महान्यायाधिवक्ताबाट तोकी आएअनुसार उल्लेखित आधार र कारण आधारमा शंकित रेखाकुमारी शर्मा उपर मुद्दा नचल्ने भै आएको निर्णय समर्थन गरी अन्तिम निकाशा पठाइदिने निर्णय गरिदिएको छ भन्ने महान्यायाधिवक्ताको कार्यालयबाट मिति २०८२/२/१६ मा निर्णय भइसकेको विषयमा पुनः सोही विषयमा प्रतिवादीलाई थुनामै राखी मुद्दा पुर्पक्ष गर्नुपर्ने अवस्था नदेखिँदा प्रतिवादी रेखाकुमारी शर्मालाई हिरासतबाट मुक्त गरी मुद्दाको अनुसन्धान गर्नू,’ आदेशमा भनिएको छ।
आफ्नै घरमा काम गर्ने बालिकालाइए यातना दिएको आरोपमा प्रदेश सांसद शर्मालाई चैत १५ गते प्रहरीले काठमाडौँबाट पक्राउ गरेको थियो।
डेढ वर्षअघि उनले घरमा बाल श्रमिक राखेर श्रम शोषण गरेको आरोप लागेको थियो। त्यतिबेला काठमाडौँ महानगरपालिकाले शर्माको घरबाट ती बालिकाको उद्धार गरेको थियो।





