ट्रम्पको दाबी : इरानको पहाडी क्षेत्रबाट घाइते कर्नलको उद्धार गर्‍यौँ

हिमाल प्रेस २२ चैत २०८२ २०:०२ | Sunday, April 5, 2026
36
SHARES
ट्रम्पको दाबी : इरानको पहाडी क्षेत्रबाट घाइते कर्नलको उद्धार गर्‍यौँ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प।

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पहाडी क्षेत्रबाट एफ १५ का चालक दलका सदस्यलाई सुरक्षित उद्धार गरिएको दाबी गरेका छन्।

उनले सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा लेखेका छन्,‘यी अधिकारी एक सम्मानित कर्नल हुन्। इरानी सेना खोजी गर्दै उनको नजिक पुगेको बेला हामीले बचाएका हौँ।’

यसखाले जोखिमपूर्ण अभियानहरू विरलै गर्ने गरिएको उनको भनाइ छ।

‘दोस्रो उद्धार मिसन पहिलो मिसनपछि सञ्चालन गरिएको थियो, जसमा पाइलटलाई दिउँसोको उज्यालोमा बचाइयो र यसका लागि इरानमाथि सात घन्टासम्म अपरेसन चलाइएको थियो,’ ट्रम्पले भने।

अमेरिकी राष्ट्रपति ट्रम्पले यस उद्धार मिसनलाई ‘बहादुरी र कौशलको अद्भुत प्रदर्शन’ भनेका छन्। उनले यो विषयमा सोमबार ओभल अफिसमा पत्रकार सम्मेनल गरेर जानकारी दिने पनि उल्लेख गरेका छन्।

जारी युद्धका क्रममा इरानले अमेरिकाको लडाकु विमान एफ१५ लाई झारेको बताइएको थियो। इरानले विमानका चालक खोजी गर्न अभियान सुरू गरेको थियो।

प्रकाशित: २२ चैत २०८२ २०:०२ | Sunday, April 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast