काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले नेपालको प्रधानमन्त्रीका रूपमा कार्याभार सम्हाल्नु भएकामा अष्ट्रेलियाले हार्दिक बधाई ज्ञापन गरेको छ। प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै अष्ट्रेलियालका विदेशमन्त्री पेनी वोङले उनीप्रति बधाई ज्ञापन गरेको यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ।
अष्ट्रेलिया र नेपालबीचको मित्रता सुदृढ रहेको उल्लेख गर्दै विदेशमन्त्री वोङले दिनु भएको बधाई सन्देशमा शान्त, स्थिर र समृद्ध एसिया–प्रशान्त क्षेत्र निर्माणका लागि प्रधानमन्त्री शाहसँग सहकार्य गर्न आफू तत्पर रहेको बताए।
प्रकाशित: २१ चैत २०८२ १३:४३ | Saturday, April 4, 2026
प्रतिक्रिया




