प्रतीकात्मक तस्बिर।
बैतडी– महाकाली नदीमा बेपत्ता भएका बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण चन्द चार दिनपछि मृतावस्थामा फेलापरेका छन्।
चन्द गत मंगलबार बिहान ११ः३० बजेतिर महाकाली नदीमा नुहाउने क्रममा हल्दुघाटबाट बगेर बेपत्ता भएका थिए।
चन्दको शव महाकाली नदीकिनारमा भारतीय क्षेत्रमा शुक्रबार फेलापरेको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका गुल्मपति जंगबहादुर कुँवरले बताए।
भारतको चम्पावत जिल्लाको डुङ्गालेट्टी ग्राम पञ्चायतको सुगरखाल गाउँ नजिकै महाकाली नदीकिनारमा चन्दको शव फेलापरेको हो।
यो क्षेत्र पञ्चेश्वर गाउँपालिका–२ ढोयाघाटको पारीपट्टि रहेको बताइएको छ। महाकालीमा बगेर बेपत्ता भएका चन्दको खोजीका लागि भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग समेत सहकार्य गरिएको थियो। एसएसबीको टोलीले नै उनको शव फेला पारेको जनाएको छ।




