पार्टीभित्रको विवाद मिलाउने प्रयासमा लागेको छु : कोइराला

हिमाल प्रेस १९ चैत २०८२ २०:४८ | Thursday, April 2, 2026
34
SHARES
पार्टीभित्रको विवाद मिलाउने प्रयासमा लागेको छु : कोइराला नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विवाद मिलाउन नसके आगामी निर्वाचनमा झन अवस्था बिग्रने बताएका छन्।

बिहीबार कमलप्रसाद कोइराला स्मृतिग्रन्थ लोकार्पण कार्यक्रममा नेता कोइरालाले अहिले कांग्रेस, एमालेलगायतका पार्टीभित्र विचित्रको विवाद रहेको भन्दै विवाद मिलाउन नसके आगामी निर्वाचनमा झन अवस्था बिग्रन सक्ने बताएका हुन्।

पार्टीलाई एकढिक्का बनाउन नसके थप अप्ठेरो अवस्थामा जाने उनको भनाइ छ। उनले पार्टीभित्रको विवादलाई मिलाउने प्रयासमा आफू रहेको उल्लेख गरे।

कोइरालाले पुराना पार्टीभित्रको कमजोरीका कारण निर्वाचनमा अनपेक्षित नजिता आएको समेत बताए।

प्रकाशित: १९ चैत २०८२ २०:४८ | Thursday, April 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast