मकवानपुर- बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लागेर मकवानपुरगढी गाउँपालिका-२, मोरेमा आज (बिहीबार) एक जनाको मृत्यु भएको छ। उक्त घटनामा दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीका अनुसार बिजुलीको पोलले विद्युतीय तार छुँदा करेन्ट लागेर स्थानीय राजकुमार गोलेको मृत्यु भएको हो। गम्भीर घाइते गोलेको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
करेन्ट लागेर मकवानपुरगढी–२ मोरेका ३० वर्षीय राजकुमार स्याङतान र मकवानपुरगढी–७ सानडाँडाका ५५ वर्षीय मानबहादुर गोले घाइते भएका छन्। दुवै जनाको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १९ चैत २०८२ २०:०७ | Thursday, April 2, 2026
प्रतिक्रिया




