काठमाडौँ- अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान गर्न दुई दिन म्याद थप गरेको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पुरुषोत्तम खतिवडा क्षेत्रीको इजलासले दुई दिन म्याद थप गरेका हुन्।
अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले अनुसन्धान गर्न दुई दिन म्याद थप गर्ने आदेश भएको जानकारी दिए।
जेनजी आन्दोलनका बेला गृहमन्त्री रहेका लेखकमाथि अनुसन्धान गर्न जाँचबुझ आयोगले सिफारिस गरेको थियो। आयोगको सिफारिस कार्यान्वयन गर्न भन्दै प्रहरीले उनलाई चैत १४ गते पक्राउ गरेको थियो।
प्रकाशित: १९ चैत २०८२ १९:३७ | Thursday, April 2, 2026
प्रतिक्रिया




