सेवामूलक प्रहरी सेवा प्रदान गर्न गृहमन्त्रीको निर्देशन

हिमाल प्रेस १८ चैत २०८२ १४:५६ | Wednesday, April 1, 2026
4
SHARES
सेवामूलक प्रहरी सेवा प्रदान गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक प्रहरी सेवा प्रदान गर्न निर्देशन दिएका छन्।

बुधबार जिल्ला प्रहरी परिसर काठमाडौँको स्थलगत निरीक्षण गर्दै मन्त्री गुरुङले सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक सेवा प्रदान गर्न निर्देशन दिएका हुन्।

साथै उनले प्रहरी सेवामा प्रविधिको प्रयोगको सन्दर्भमा सरकारले आवश्यक व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएको परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए। निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले परिसरबाट भइरहेको कामकारबाही सेवा प्रवाह र अपराध अनुसन्धानका विषयमा जानकारी लिएको परिसर प्रमुख एसएसपी थापाले बताए।

एसएसपी थापाले काठमाडौँमा १३ सयभन्दा बढी सीसिटिभी रहेकोमा जेनजी आन्दोलनका क्रममा भएको तोडफोडपछि ९ सय ३७ वटा सीसिटिभी पुनः जडान भइसकेको जानकारी दिए।

प्रकाशित: १८ चैत २०८२ १४:५६ | Wednesday, April 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast