ऊर्जामन्त्रीले लगाए मन्त्रालयमा प्लास्टिकजन्य सामग्रीको प्रयोगमा रोक

हिमाल प्रेस १७ चैत २०८२ ९:५१ | Tuesday, March 31, 2026
16
SHARES
ऊर्जामन्त्रीले लगाए मन्त्रालयमा प्लास्टिकजन्य सामग्रीको प्रयोगमा रोक

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आजदेखि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा प्लास्टिकजन्य सामग्रीको प्रयोगमा प्रतिबन्ध लगाएका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्न मन्त्रालयले यो कदम चालेको बताएका छन् ।

उनले प्लास्टिकजन्य वस्तुको प्रयोगले वातावरणमा परेको नकारात्मक असर न्यूनीकरण गर्दै वैकल्पिक तथा वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अनुरूप यस्तो कदम चालिएको पनि उल्लेख गरेका छन् ।

उनले भनेका छ्न, ‘यो निर्णयले सम्पूर्ण सरकारी निकाय तथा सरोकारवाला पक्षलाई समेत सकारात्मक सन्देश दिने विश्वास लिइएको छ र आगामी दिनमा यसको प्रभावकारी कार्यान्वयनका लागि सबैको सहकार्य अपेक्षा गरिएको छ ।’

प्रकाशित: १७ चैत २०८२ ९:५१ | Tuesday, March 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast