कति छ काठमाडौँको न्यूनतम तापक्रम?

हिमाल प्रेस १७ चैत २०८२ ७:०३ | Tuesday, March 31, 2026
6
SHARES
कति छ काठमाडौँको न्यूनतम तापक्रम? फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वमानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५.६ डिग्री सेल्सियस छ।

आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन हुन्छ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुवातको भन्दा थोरै घट्ने सम्भावना हुन्छ भने कहिलेकाहीँ त्यही कायम रहन पनि सक्छ।

हिजो (सोमबार) सुरुवाती मापनमा १५ डिग्री सेल्सियस देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अन्तिम मापनका बेला १४.९ डिग्री सेल्सियस कायम भएको थियो। अस्ति (आइतबार) भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस थियो।

प्रकाशित: १७ चैत २०८२ ७:०३ | Tuesday, March 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast