स्वास्थ्य बिमाका विषयमा स्वास्थ्यमन्त्रीले गरिन् छलफल

हिमाल प्रेस १७ चैत २०८२ ६:५९ | Tuesday, March 31, 2026
12
SHARES
स्वास्थ्य बिमाका विषयमा स्वास्थ्यमन्त्रीले गरिन् छलफल

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतासँग स्वास्थ्य बिमा बोर्डका पदाधिकारीले सोमबार छलफल गरेका छन् ।

मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री मेहताले छरिएर रहेका स्वास्थ्य सुरक्षा कार्यक्रम स्वास्थ्य बिमामार्फत एकद्वार प्रणालीमा सञ्चालन गर्ने गरी अघि बढाइने बताइन् । उनले स्वास्थ्यका सामाजिक सुरक्षा कार्यक्रमलाई एक ठाउँमा ल्याउन सके वित्तीय अवस्था बलियो हुनेसमेत बताइन्।

छलफलमा मन्त्री मेहतासँग स्वास्थ्य बिमा कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने र यसका चुनौतीबारे छलफल गरिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए। उनका अनुसार मन्त्री मेहतालाई स्वास्थ्य बिमा बोर्डले हालसम्म भोग्नुपरेका चुनौती, भुक्तानी समस्याबारे पनि अवगत गराइएको छ ।

छलफलमा प्यूठानबाट निर्वाचित सांसद सुशान्त वैदिकले स्वास्थ्य बिमालाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए। कार्यक्रममा स्वास्थ्य सचिव डा विकास देवकोटा, बोर्डका कार्यकारी निर्देशक डा कृष्णप्रसाद पौडेलेको सहभागिता रहेको थियो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast