‘जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा प्रोत्साहनको व्यवस्था गर्न लागेका हौँ’

हिमाल प्रेस १२ असोज २०८३ १५:२१ | Monday, September 28, 2026
‘जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा प्रोत्साहनको व्यवस्था गर्न लागेका हौँ’ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता/फाइल तस्बिर

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि थप सुत्केरी बिदा तथा प्रोत्साहनको व्यवस्था गर्न लागेको बताएकी छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०६३ प्रस्तुत गर्दै मन्त्री मेहताले जनगणना अनुसार जनसंख्या वृद्धि दर निरन्तर घट्दो क्रममा रहेकाले जनसंख्या वृद्धिका लागि बिदा तथा प्रोत्साहनको व्यवस्था गर्न विद्यमान ऐन संशोधन आवश्यक भएको बताइन्।

संशोधन विधेयकमा सरकारी, गैरसरकारी वा निजी निकायमा कार्यरत महिलाहरूलाई सुत्केरी हुनुअघि र पछि गरी ६ महिनाको तलबसहितको सुत्केरी बिदाको प्रस्ताव गरिएको छ भने पुरुष कर्मचारीकी पत्नी सुत्केरी भएमा ४२ दिनको तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्था प्रस्ताव गरिएको मन्त्री मेहताले बताइन्।

त्यस्तै विशेष अवस्थामा गरिने गर्भपतनका प्रावधानहरूलाई थप तथा संशोधन गर्ने, बलपूर्वक गरिने गर्भपतन सम्बन्धी अवस्था स्पष्ट पार्ने र थप गरिएका प्रावधानविपरीतका कार्यलाई कसुर मानी सजायको व्यवस्था गर्ने विषय समेटिएको उनले बताइन्।

प्रकाशित: १२ असोज २०८३ १५:२१ | Monday, September 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast