कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य सचिवले लिए शपथ

हिमाल प्रेस १६ चैत २०८२ २०:३० | Monday, March 30, 2026
16
SHARES
कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य सचिवले लिए शपथ

सुर्खेत- कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य सचिव रविन्द्र चन्दले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार सामाजिक विकास मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री घनश्याम भण्डारीले सदस्य सचिव चन्दलाई शपथ ग्रहण गराएका हुन्।

गत चैत १२ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले चन्दलाई परिषद्को दोस्रो सदस्य सचिवका रूपमा नियुक्त गरेको थियो। सोही अवसरमा परिषद्का उपाध्यक्ष प्रमोद हमाल तथा सदस्यहरू पवनकुमार थापा, पंखबहादुर मल्ल, भीमाकुमारी भुसाल, गोर्खबहादुर शाही र किरण किशोर सापकोटाले पनि शपथ लिएका छन्।

गत २०८१ पुस ४ गतेदेखि रिक्त रहेको सदस्य सचिव पदमा चन्द नियुक्त भएका हुन्। यसअघि सदस्य सचिव छनोटका लागि गठित समितिले गत माघ ३ गते अन्तर्वार्ता लिएर तीन जनाको नाम सरकारसमक्ष सिफारिस गरेको थियो।

सिफारिसमा परेका रविन्द्र चन्द, दीपक हमाल र प्रमोद हमालमध्ये मूल्यांकनमा चन्दले सर्वाधिक ६७.१७ अंक प्राप्त गरेका थिए। दीपक हमालले ६०.६३ र प्रमोद हमालले ५२.३७ अंक पाएका थिए।

सदस्य सचिव पदका लागि सुरुमा २१ जनाले आवेदन दिएका थिए, जसमध्ये १० जनालाई अन्तर्वार्ताका लागि छनोट गरिएको थियो।

प्रकाशित: १६ चैत २०८२ २०:३० | Monday, March 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast