मलेखु-मुग्लिन सडक आजदेखि राति ६ घण्टा बन्द हुने

हिमाल प्रेस १६ चैत २०८२ १९:३५ | Monday, March 30, 2026
22
SHARES
मलेखु-मुग्लिन सडक आजदेखि राति ६ घण्टा बन्द हुने प्रतिनिधिमूलक तस्बिर।

धादिङ- पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकको इच्छाकामना खण्ड आजदेखि तीन दिनसम्म राति छ घण्टा पूर्ण रूपमा बन्द गरिने भएको छ।

सडक स्तरोन्नति भइरहेकाले यही चैत १९ गतेसम्मका लागि राति आवागमन बन्द गर्न लागिएको हो। मुग्लिन–नागढुङ्गा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरलगायतका स्थानमा सडक स्तरोन्नति भइरहेको छ।

पटक–पटक सवारी रोक्दा यात्रुहरूले सास्ती भोग्नुपरेको अवस्थालाई मध्यनजर गर्दै राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए।

एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सेवाबाहेकका सबै प्रकारका निजी तथा सार्वजनिक सवारीसाधनको आवागमन बन्द रहने जनाइएको छ। सडक निर्माणलाई सुरक्षित र प्रभावकारी बनाउन सडक बन्द गरेर कामलाई तीव्रता दिन लागिएको सडक योजनाका सूचना अधिकारी सचिन मिश्रले जानकारी दिए।

सडक बन्द रहेको समयमा यात्रुहरूलाई पर्नसक्ने असुविधा र थप जानकारीका लागि सडक योजनाका सूचना अधिकारी मिश्र (९८४९५४४६०७) र इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीकसिंह (९८५५०९०१२०) लाई सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ।

प्रकाशित: १६ चैत २०८२ १९:३५ | Monday, March 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast