काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण सुरु गरेको छ।
महानगरले वीर अस्पतालसँगको सहकार्यमा निःशुल्क परीक्षण र प्रारम्भिक निःशुल्क उपचार सुरु गरेको हो।
निःशुल्क परीक्षणका लागि महानगरले वडाको स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट रिफरल स्लिप उपलब्ध गराएको कार्यबाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन्। चैत्र २० गतेसम्म हुने निःशुल्क परीक्षण कार्यक्रममा महिलाहरुले सहज रुपमा उपचार लिन सक्ने व्यवस्था गरिएको उनले बताइन्।
निःशुल्क परीक्षणको पहिलो दिनको जाँचका लागि स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट १३६ लाई रिफरल स्लिप दिइएको छ। यसरी रिफरल स्लिप पाउनेमध्ये ५ जनामा स्तन क्यान्सर र ३ जनामा सर्भाइकल क्यान्सर रहेको महानगरले जनाएको छ।
प्रकाशित: १६ चैत २०८२ १४:४२ | Monday, March 30, 2026
प्रतिक्रिया




