‘ब्रिज कोर्स’ कक्षा बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

हिमाल प्रेस १५ चैत २०८२ १९:४२ | Sunday, March 29, 2026
224
SHARES
‘ब्रिज कोर्स’ कक्षा बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ- सरकारले विद्यालय तथा उच्च शिक्षामा भर्नाका लागि सञ्चालन हुँदै आएको ‘ब्रिज कोर्स’ बन्द गराउने निर्णय गरेको छ। शिक्षामन्त्री सस्मित पोखरेलले प्रवेश परीक्षाका लागि सञ्चालन हुने तयारी कक्षा तथा ‘ब्रिज कोर्स’ बन्द गर्ने निर्णय गरेका हुन्।

निर्णय वैशाख १ गतेदेखि लागू हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझसमेत पर्ने भएकाले यस्ता कार्यक्रम बन्द गर्ने निर्णय भएको मन्त्रालयको भनाइ छ।

‘विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा तयारी कक्षा एवं ब्रिज कोर्सका नाममा विभिन्न संस्थाहरूले सञ्चालन गर्दै आएका त्यस्ता कार्यक्रमहरू अगामी २०८३ साल वैशाख १ गतेदेखि पूर्णरूपमा बन्द गर्न यस मन्त्रालयको माननीय मन्त्रीस्तरबाट मिति २०८२/१२/१३ गते निर्णय भएकोले सोहीअनुसार गर्नु गराउनहुन सम्बन्धित सबैमा यो निर्देशन गरिएको छ,’ सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाले जानरी गरेको विज्ञप्तिमा भनिएको छ।

साथै यस्ता कार्यक्रमहरू सञ्चालन भए नभएको अनुमगन गरी सञ्चालन भएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई मन्त्रालयले अनुरोध गरेको छ।

प्रकाशित: १५ चैत २०८२ १९:४२ | Sunday, March 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast