बुढानीलकण्ठ नगरपालिका र ईस्टूले दिए सय महिला शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

हिमाल प्रेस १५ चैत २०८२ १६:०३ | Sunday, March 29, 2026
26
SHARES
बुढानीलकण्ठ नगरपालिका र ईस्टूले दिए सय महिला शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

काठमाडौँ- बुढानीलकण्ठ नगरपालिकामा महिला शिक्षक लक्षित प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका भित्रका करिब १०० जना महिला शिक्षकको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको आयोजक बुढानीलकण्ठ नगरपालिका रहेको थियो भने सहआयोजकका रूपमा संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टू) सहभागी थियो।

कार्यक्रमको अध्यक्षता ईस्टू राष्ट्रिय समितिकी वरिष्ठ उपाध्यक्ष सरिता निरौलाले गरिन् भने सञ्चालन उपाध्यक्ष इन्दिरा धमलाले गरिन्।

कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले शिक्षकको पेसागत अधिकार, सुरक्षा र क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रम उपयोगी हुने बताए।

कार्यक्रममा अतिथिका रूपमा  ईस्टूका राष्ट्रिय अध्यक्ष होमकुमार थापा तथा प्रमुख संरक्षक मुकुन्द गौतमको उपस्थिति रहेको थियो।

प्रशिक्षण सत्रमा विभिन्न विषयमा विशेषज्ञहरूले प्रशिक्षण दिएका थिए। दण्डरहित विद्यालय शिक्षाबारे पूर्वशिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले सहजीकरण गरे भने सामाजिक सुरक्षा कोषसम्बन्धी जानकारी केशव गौतमले दिएका थिए।

त्यस्तै, शिक्षक युनियनको महत्व तथा महिला शिक्षकको अवस्थाबारे एडुकेशन इन्टरनेशनल एशिया प्यासिफिक क्षेत्रीय बोर्ड सदस्य कमला थापाले प्रस्तुति राखिन्।

यसैगरी ईस्टूको आवश्यकता र यसले गरेका कामहरूबारे अध्यक्ष थापाले विस्तृत जानकारी गराएका थिए।

कार्यक्रमले महिला शिक्षकलाई पेसागत रूपमा अझ सशक्त बनाउँदै शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

प्रकाशित: १५ चैत २०८२ १६:०३ | Sunday, March 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast