महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पाठकद्वारा प्रहरीमा निवेदन

हिमाल प्रेस १५ चैत २०८२ १४:५२ | Sunday, March 29, 2026
30
SHARES
महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पाठकद्वारा प्रहरीमा निवेदन

काठमाडौँ- नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पाठकले काठमाडौँ प्रहरी परिसरमा निवेदन दिएकी छन्।

बस्नेतले आफूमाथि यौन शोषण तथा दुव्र्यवहार गरेको आरोप लगाउँदै आएकी पाठकले आइतबार प्रहरी परिसरमा निवेदन दिएकी हुन्।

प्रहरीले भने अदालतमा पुगेको मुद्दाका विषयमा आदेश आएपछि मात्रै अन्य प्रक्रिया अघि बढ्ने जनाएको छ। आफूमाथि भएको हिंसामा बस्नेतलाई पक्राउ गर्नुपर्ने पाठकको भनाइ छ।

त्यसै उनले आइतबार नै काठमाडौँ सरकारी वकीलको कार्यालय पुगेर छलफल गरेकी थिइन्। पाठकले बस्नेतविरुद्ध दायर गरेको जबरजस्ती करणी मुद्दा सरकारी वकिलको कार्यालयले तामेलीमा राखेको छ।

प्रकाशित: १५ चैत २०८२ १४:५२ | Sunday, March 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast