बुटवल – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउविरुद्ध बुटवलमा एमालेले शनिबार विरोध प्रदर्शन गरेको छ।
एमालेका विभिन्न जनवर्गीय संगठनहरुले बुटवल मिनचोकमा ओली रिहाइको माग गर्दै सडकमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा गृहमन्त्री सुदन गुरुगंको राजीनामा माग गर्दै एमाले कार्यकर्ताहरूले नाराबाजी गरेका थिए। अध्यक्ष ओलीमाथि वर्तमान सरकारले प्रतिशोध साँधेको भन्दै उनीहरूले सरकारविरुद्ध नाराबाजी गरे। एमालेका विभिन्न जनवर्गीय संगठनहरुले सडकमा झन्डासहित प्रदर्शन गरे।
ओलीलाई शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरिएको थियो। ओली पक्राउ परे लगत्तै एमाले केन्द्रीय सचिवालय बैठकले सरकारको कदमको विरोध गर्दै राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो।
प्रकाशित: १४ चैत २०८२ १९:१३ | Saturday, March 28, 2026
प्रतिक्रिया




