काठमाडौँ- पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा नेकपा एमालेका वर्गीय संगठनहरूले माइतीघर क्षेत्रमा प्रदर्शन गरेको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै ओलीलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको थियो।
अध्यक्ष ओलीलाई पक्राउ गरेको विरोधमा एमालेका २३ वर्गीय संगठनहरूले काठमाडौँको माइतीघर क्षेत्रमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रहरीसँग धकेलाधकेल भएको छ। प्रदर्शनकारीहरू जबरजस्ती नयाँ बानेश्वरतर्फ अगाडि बढ्ने प्रयास गरेपछि यो क्षेत्र तनावग्रस्त बनेको छ।

प्रकाशित: १४ चैत २०८२ १५:२९ | Saturday, March 28, 2026
प्रतिक्रिया




