ओली पक्राउको विरोधमा एमाले कार्यकर्ताहरूको प्रदर्शन

हिमाल प्रेस १४ चैत २०८२ १४:३६ | Saturday, March 28, 2026
16
SHARES
ओली पक्राउको विरोधमा एमाले कार्यकर्ताहरूको प्रदर्शन

काठमाडौँ- नेकपा एमालेका कार्यकर्ताहरुले जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन जलाएका छन्।

पार्टी अध्यक्ष केपी ओली पक्राउको विरोधमा एमाले कार्यकर्ताहरुले शनिबार पार्टी कार्यालय च्यासल बाहिर जाँचबुझ आयोगको प्रतिवेदन जलाएका हुन्। उनीहरुले वर्तमान सरकारले प्रतिशोध साँध्न खोजको भन्दै आक्रोश व्यक्त गरेका थिए।

त्यस्तै शनिबार नै एमाले निकट अनेरास्ववियुले काठमाडौँ भृकुटिमण्डपमा विरोध प्रदर्शन गरेको छ। अध्यक्ष ओलीलाई रिहाईको माग गर्दै उनीहरुले टायर बाल्दै प्रदर्शन गरेका हुन्। उनीहरु पनि जाँचबुझ आयोगको प्रतिवेदन जलाएका थिए। राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको भन्दै एमाले सचिवालयले आन्दोलनको घोषणा गरेको छ।

प्रकाशित: १४ चैत २०८२ १४:३६ | Saturday, March 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast