रूपन्देहीमा रुखको हाँगाले लागेर एकको मृत्यु

हिमाल प्रेस १३ चैत २०८२ ६:०२ | Friday, March 27, 2026
8
SHARES
रूपन्देहीमा रुखको हाँगाले लागेर एकको मृत्यु

भैरहवा- रूपन्देहीको देवदह नगरपालिका-६ केउलीस्थित सामुदायिक वन क्षेत्रमा रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ। स्थानीय ३९ वर्षीय हेमबहादुर घर्तीको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।

पाल्पाली सामुदायिक वनमा पुनरोत्पादन कटानअन्तर्गत रुख काट्ने क्रममा हाँगाले लागेर घर्ती गम्भीर घाइते भएका थिए।

देवदह प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक भीमसेन विष्टका अनुसार रुख कटान भइरहेको स्थानमा बिहीबार अनुगमनका लागि पुगेका घर्तीमाथि हाँगा खस्दा दुर्घटना भएको हो।

घाइते घर्तीलाई तत्काल उपचारका लागि देवदह मेडिकल कलेज लगिएको थियो। तर, उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सरोज थापाले कटान तथा नापजाँच समितिका सदस्यसमेत रहेका घर्ती अनुगमनका क्रममा घटनास्थलमा पुगेको र सोही क्रममा दुर्घटना भएको जानकारी दिए।

घर्तीको शव परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ चैत २०८२ ६:०२ | Friday, March 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast