भ्रष्टाचार छानबिनलाई प्राथमिकता दिन सरकारलाई कांग्रेसको सुझाव

हिमाल प्रेस १२ चैत २०८२ १९:३१ | Thursday, March 26, 2026
16
SHARES
भ्रष्टाचार छानबिनलाई प्राथमिकता दिन सरकारलाई कांग्रेसको सुझाव

काठमाडौँ– नेपाली कांग्रेसले भ्रष्टाचारसम्बन्धी विभिन्न प्रकरणको छानबिनलाई पहिलो प्राथमिकता दिएर अघि बढाउन नयाँ सरकारलाई सुझाव दिएको छ।

बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले मुलुकमा सुशासन कायम गर्नका लागि विभिन्न भ्रष्टाचार प्रकरणको छानविनलाई पहिलो प्राथमिकता दिएर अघि बढाउन नयाँ सरकारलाई सुझाव दिएका हुन्।

विभिन्न प्रकरणलाई राजनीतिक बहस, पार्टीसँग जोड्ने र जनमत प्रभावित पार्ने विषय बनाउन नहुने उनले बताए। प्रवक्ता चालिसेले संसदमा कांग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्ने जानकारी दिँदै पार्टीको संशोधित विधानले सांसदहरुको प्रस्तुती र कार्यमूल्यांकन गर्ने विधि अपनाएकाले त्यसअनुसार अघि बढ्ने उल्लेख गरे। त्यस्तै उनले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन प्रथम दृष्टिमा नै अस्पष्ट र अपूर्ण देखिएको धारणा राखे।

कार्की आयोग र मानवअधिकार आयोगको प्रतिवेदन पार्टीले अध्ययन गरे पनि विस्तृत धारणा सार्वजनिक हुने उनको भनाइ छ। प्रवक्ता चालिसेले पार्टी महाधिवेशनमा होमिसकेकाले कुनै पक्ष विपक्षभन्दा पनि पार्टीलाई एकढिक्का बनाएर अघि बढ्नुपर्ने बताए।

उनले पार्टीभित्र केहि मत–मतान्तर भए पनि आन्तरिक लोकतन्त्र नै पार्टीको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गरे।

प्रकाशित: १२ चैत २०८२ १९:३१ | Thursday, March 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast