उदयपुरमा सडेको अवस्थामा महिलाको शव फेला

हिमाल प्रेस १२ चैत २०८२ १०:३२ | Thursday, March 26, 2026
16
SHARES
उदयपुरमा सडेको अवस्थामा महिलाको शव फेला

उदयपुर- उदयपुरमा सडेको अवस्थामा एक महिलाको शव फेला परेको छ। उक्त शव उदयपुरगढी गाउँपालिका ५ भोगरेनी बस्ने धनबहादुर राईकी श्रीमती ४६ वर्षीया सोममाया तामाङको रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृतकका श्रीमान धन बहादुर राईले बुधबार शवको पहिचान गरेका हुन्। गएको फागुन २१ गतेदेखि बेपत्ता सोममायाको शव बुधबार दिउँसो उदयपुरगढी गाउँपालिका ५ स्थित मवासी जंगलमा फेला परेको हो।

जंगलमा सडेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि अस्थायी प्रहरी पोस्ट नेपालटारबाट गएको प्रहरीले शव परिक्षणको लागि अस्पताल पुर्‍याएको थियो। सोममायाको शव पोस्टमार्टमको लागि अहिले जिल्ला अस्पताल उदयपुरमा राखिएको छ।

परिवारका सदस्यहरूका अनुसार सोममाया गएको फागुन २१ गते आफुखुशी घरबाट हिँडेर बेपत्ता भएकी थिइन्। परिवारका सदस्यले खोजतलासको लागि यही चैत ३ गते प्रहरी चौकी उदयपुरगढीमा उनको फोटोसहितको हुलिया निवेदन दिएका थिए।

उनको मृत्युको कारण खुलेको छैन। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ चैत २०८२ १०:३२ | Thursday, March 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast