फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन असोज १६ गतेदेखि काठमाडौँमा हुने भएको छ।
बुधबार बसेको केन्द्रीय समिति बैठकले १५ औँ महाधिवेशनको कार्यतालिका संशोधनसहित पारित गरेको हो।
संशोधित कार्यतालिकाअनुसार कांग्रेसको १५ औँ महाधिवेशन असोज १६ देखि १८ गतेसम्म काठमाडौँमा हुने भएको हो। यसअघि मंगलबार बसेको बैठकमा भदौ २४ देखि २६ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेस भएको थियो।
नियमित महाधिवेशनका लागि वडा तहको अधिवेशन भदौ ३ बाट सुरू हुने प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
बैठकले महाधिवेशनको प्रक्रिया आरम्भ गर्दै यसका लागल वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा निर्वाचन समिति बनाइएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
त्यस्तै बैठकले संविधान संशोधनका लागि पार्टीको नेतृत्वमा सर्वपक्षीय छलफल अघि बढाउने निर्णयसमेत गरेको प्रवक्ता चालिसेले जानकारी दिए। त्यस्तै नयाँ बन्ने सरकारलाई सकारात्मक सहयोग गर्ने भन्दै प्रवक्ता चालिसेले सुशासन र प्रगतिको तर्फमा सरकारको सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरिएको बताए।
बैठकले पार्टीका भातृ तथा शुभेच्छुक संस्थालाई क्रियाशिल बनाउन महामन्त्रीद्वयको संयोजकत्वमा अध्ययन समिति बनाइएको उनले जानकारी दिए।




