दासत्व पीडितहरूको स्मृति दिवस आज

हिमाल प्रेस ११ चैत २०८२ ६:५२ | Wednesday, March 25, 2026
8
SHARES
दासत्व पीडितहरूको स्मृति दिवस आज

काठमाडौँ- आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस हो। मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ। दिवसका अवसरमा संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा आज विशेष स्मृतिसभा हुँदैछ ।

सन् २००६ मा संयुक्त राष्ट्रसंघको महासभाले दास व्यापार र दासत्वलाई मानव इतिहासको सबैभन्दा गम्भीर मानवअधिकार उल्लंघन मानेर एक प्रस्ताव पारित गरेर सन् २००७ मार्च २५ लाई यसको द्विशतवार्षिकीका रूपमा मनाउने घोषणा गरेको हो ।

त्यसपछिको वर्ष सन् २००८ देखि हरेक वर्ष मार्च २५ लाई दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस मनाउन प्रारम्भ भएको हो । सन् १८०७ मा यही दिन बेलायतले दास व्यापार उन्मूलन ऐन पारित गर्दै अफ्रिकाबाट दास खरिद, बिक्री, साटासाट तथा स्थानान्तरणलाई गैरकानुनी घोषणा गरेको थियो ।

 

प्रकाशित: ११ चैत २०८२ ६:५२ | Wednesday, March 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast