के आज पनि पानी पर्छ?

हिमाल प्रेस ११ चैत २०८२ ६:१४ | Wednesday, March 25, 2026
6
SHARES
के आज पनि पानी पर्छ?

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेशलगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । र बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानहरू तथा बाँकी प्रदेशको पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: ११ चैत २०८२ ६:१४ | Wednesday, March 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast