सभापति थापाले भने- हतार वा हतासमा राजीनामा दिएको थिइनँ

हिमाल प्रेस १० चैत २०८२ १४:०७ | Tuesday, March 24, 2026
6
SHARES
सभापति थापाले भने- हतार वा हतासमा राजीनामा दिएको थिइनँ

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूले कुनै हतार वा हतासमा आएर राजीनामा नदिएको बताएका छन्।

मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले पार्टी विधानअनुसार उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा बुझाएको बताएका हुन्।

‘फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामको जिम्मेवारी लिँदै उपसभापति विश्वप्रकाश शर्मासमक्ष मैले राजीनामा पेस गरेको थिएँ,’ उनले भने, ‘नेपाली कांग्रेसको विधानअनुसार सभापतिले राजीनामा दिनुपर्ने अवस्थामा उपसभापतिसमक्ष दिने र उपसभापतिले त्यसलाई केन्द्रीय समितिमा प्रस्तुत गर्ने व्यवस्था छ। यस विषयमा छलफल पनि भइसकेको छ।’

थापाले यो कदम कुनै दबाब वा ग्लानीका कारण नभएको र जवाफदेहीताको भावनाबाट प्रेरित भएर लिइएको निर्णय भएको बताए। ‘मैले हतार वा हतासमा राजीनामा दिएको होइन,’ उनले भने, ‘निर्वाचनमा विशेष महाधिवेशन नगरी सहभागी भएका थियौं, त्यसको परिणाम कसरी आयो भन्ने कुरा हामी सबैले बुझेका छौं।’

उनले विशेष महाधिवेशनका विषयमा कुनै अलमल वा दोधारमा नपरेको पनि दाबी गरे। थापाले भने, ‘विशेष महाधिवेशन गरेर कतै गल्ती भयो कि भन्ने कुनै क्षण पनि मैले सोचेको होइन। यो निर्णय कुनै दबाबमा आएर गरिएको पनि होइन।’

प्रकाशित: १० चैत २०८२ १४:०७ | Tuesday, March 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast