प्रधानमन्त्री कपमा दुई खेल हुँदै

हिमाल प्रेस १० चैत २०८२ ९:२७ | Tuesday, March 24, 2026
4
SHARES
प्रधानमन्त्री कपमा दुई खेल हुँदै

काठमाडौँ- प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज पनि दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुने खेलमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ। पहिलो खेलमा एपीएफसँग पराजित बागमती आज पहिलो जितको खोजीमा रहँदा गण्डकी विजयी सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रिँदैछ। बिहान ९ बजे नै मुलपानी क्रिकेट मैदानमा दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

एपीएफ लगातार दोस्रो जितको लक्ष्यमा छ भने पहिलो खेलमा त्रिभुवन आर्मीसँग पराजित भएको पुलिस क्लब आज पहिलो जितको खोजीमा हुनेछ। यसअघि हिजो भएका खेलमा लुम्बिनी प्रदेशले कोशी र सुदूरपश्चिमले कर्णाली प्रदेश विरुद्ध प्रभावशाली जित निकालेका थिए।

प्रकाशित: १० चैत २०८२ ९:२७ | Tuesday, March 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast