चितवनमा ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

हिमाल प्रेस ९ चैत २०८२ १८:३० | Monday, March 23, 2026
24
SHARES
चितवनमा ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

चितवन- चितवनको रत्ननगर नगरपालिका-९, निपनीमा आज (सोमबार) ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ का अन्दाजी ३५ बर्षीया मीना रेग्मी रहेकी छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक रिजालका अनुसार खैरहनीबाट भरतपुरतर्फ आउँदै गरेको लु२ख २८९४ नम्बरको ट्यांकरले भित्री सडकबाट निस्किँदै गरेको ना ५५ प ०७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

ठक्करबाट स्कुटरको पछाडि सवार रेग्मीको मृत्यु भएको हो। सो ट्यांकरले रोकिराखेको ना ६५ प ७८८३, ना ५५ प ८०८३ नम्बरको मोटरसाइकल र एउटा साइकललाई समेत ठक्कर दिएको थियो।

स्कुटर चालक भरतपुर महानगरपालिका-७ का पूर्ण सापकोटा सामान्य घाइते भएको प्रहरी निरीक्षक रिजालले जानकारी दिए। राप्ती नगरपालिका–७ का २४ वर्षीय सुजन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रकाशित: ९ चैत २०८२ १८:३० | Monday, March 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast