काठमाडौँ- काठमाडौँ उपत्यकामा वायु प्रदूषण उल्लेखनीय रूपमा घटेको छ। एयर क्वालिटी इन्डेक्स (एक्यूआई) को तथ्यांक विश्लेषण गर्दा सात दिनअघि मात्र वायु प्रदूषण १७८ एक्यूआई पुगेर काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहरको सूचीमा थियो।
आइतबार भने वायु प्रदूषण घटेर ६० एक्यूआईमा झरेको छ। योसँगै काठमाडौँ विश्वका प्रदूषित सहरको सूचीमा ६७औँ स्थानमा छ।
प्रकाशित: ९ चैत २०८२ ६:३५ | Monday, March 23, 2026
प्रतिक्रिया




