यस्तो छ सांसदहरूले शपथ गर्ने हल

हिमाल प्रेस ८ चैत २०८२ १७:४६ | Sunday, March 22, 2026
8
SHARES
यस्तो छ सांसदहरूले शपथ गर्ने हल

काठमाडौँ- प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथका लागि नयाँ संसद् भवनको बहुउद्देश्यीय हल व्यवस्थापनको कार्य अन्तिम चरणमा पुगेको छ।

नयाँ संसद् भवनभित्र प्रतिनिधिसभाको सभाकक्षको निर्माण कार्य सम्पन्न नभएकाले बहुउद्देश्यीय हलमा शपथका लागि आवश्यक व्यवस्थापनको कार्य गरिएको संघीय संसदकी सहसचिव बविता मिश्रले जानकारी दिइन्।

बहुउद्देश्यीय हलमा सभामुखको आसनका साथै सभामुखको दायाँ पक्षमा सत्तापक्ष र बायाँ पक्षमा प्रतिपक्षीलाई बस्ने व्यवस्था मिलाइएको छ। त्यसका लागि कुर्सीदेखि माइकसम्मको व्यवस्थापन भइसकेको छ भने बत्ती जडानका साथै रंगरोगनको कार्य अन्तिम चरणमा पुगेको संघीय संसदकी सहसचिव मिश्रले सपथका साथै प्रतिनिधिसभाका प्रारम्भिक बैठकहरू समेत अस्थायीरूपमा बहुउद्देश्यीय हलबाटै सञ्चालन हुने उल्लेख गरे।

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ यही चैत १२ गतेका लागि तय भएको छ।

प्रकाशित: ८ चैत २०८२ १७:४६ | Sunday, March 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast