राप्रपा निर्देशन समिति अध्यक्षबाट लोहनीले दिए राजीनामा, निर्वाचन परिणाम मुख्य कारण

हिमाल प्रेस ८ चैत २०८२ १६:५७ | Sunday, March 22, 2026
22
SHARES
राप्रपा निर्देशन समिति अध्यक्षबाट लोहनीले दिए राजीनामा, निर्वाचन परिणाम मुख्य कारण

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को निर्देशन समिति अध्यक्ष पदबाट डा.प्रकाशचन्द्र लोहनीले राजीनामा दिएका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्राप्त परिणामले स्तब्ध बनाएको भन्दै उनले राजीनामा दिएका हुन्।

डा.लोहनीले विज्ञप्ति जारी गर्दै पार्टीका जिम्मेवार पदाधिकारीले मार्गप्रशस्त गर्नुपर्ने बताएका छन्। जनभावनाअनुरुप तदर्थ समिति गठन गरी महाधिवेशन गर्नुपर्ने उनको प्रस्ताव छ।

महाधिवेशनबाट जिम्मेवारी प्राप्त भए मात्र पदमा रहने गरी अलग हुने समयको मागलाई अनुसरण गर्दै राजीनामा दिएको उनले बताएका छन्।

आन्तरिक र अन्य विविध कारणले चुनावमा निराशाजनक नतिजा आएको उल्लेख गर्दै डा.लोहनीले यो अवस्थामा जनभावना अनुसार अगाडि बढ्न सबैलाई आग्रह गरेका छन्।

प्रकाशित: ८ चैत २०८२ १६:५७ | Sunday, March 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast